TodayPati

बारामा पोलको रडमा छेडिएर एक बालकको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, माघ १५ गते ।

बारामा पोलको रडमा छेडिएर एक बालकको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोलेको रडमा छेडिएर मृत्यु भएको हो ।

बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा विद्युतिकरणले राखेको पोलको रडमा छेडिएर बालकको घटनास्थलमै मृत्यु भएको हो ।
घरबाट बिहान पढ्न जाने बेलामा मृतक गोले दौडेर पोलमा राखिएको रहेको छड छेडिएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।

Sponsored

प्रहरीका अनुसार लक्की जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी क्षेत्रीले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *