TodayPati

कबिर बाल आश्रमलाई हेल्प मधेशी संस्थाको ३६ हजार सहयोग

टुडेपाटी-
जनकपुरधाम, माघ १६ गते ।

जनकपुरधाम स्थित कबिर बाल वात्सल्य आश्रमलाई हेल्प मधेशी संस्थाले आर्थिक सहयोग गरेको छ । विदेशमा रहेका नेपालीहरुको सहयोगी संस्था हेल्प मधेशीले आश्रमलाई ३६ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।

नेपालका केन्द्रीय अध्यक्ष राकेश राय र हेल्प मधेशी मलेसियाका केन्द्रिय पूर्व सचिव राजेन्द्र कुमार यादव बाल आश्रममै पुगेर ३६ हजार रुपैयाँको आश्रमलाई सहयोग गरेको हो ।
आश्रमका संचालक सत्यनारायण आलोकलाई चेक हस्तान्तरण गरेको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष कमलदेव साहले बताए ।

Sponsored

हेल्प मधेशी विदेशमा रहेका नेपालीहरुले आर्थिक संकलन गरी विदेश तथा स्वदेशमा रहेका दुखीपीडित नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *