TodayPati

जनकपुरधामको परिक्रमा सडक भित्र माछामासु र मदिरा विक्रीवितरण निषेध

टुडेपाटी-
जनकपुरधाम, माघ १६ गते ।

जनकपुरधामको परिक्रमा सडक भित्र माछामासु एवं मदिरा विक्री वितरणमा निषेध गरिएको छ । जनकपुरधाम उपमहानगरका मेयर मनोज साहले गत माघ १२ गते नै एक सूचना जारी गर्दै परिक्रमा सडक भित्र पशुपन्छि बध, माछा, मासु, अण्डा र मदिरा सेवा तथा विक्री वितरणमा रोक लगाएको जानकारी गराएका हुन् ।

‘सदियाँ देखि चली आएको परम्परा र पवित्रता कायम गर्नुपर्ने भएकोले जनकपुरधाम उपमहानगरपालिकाको अन्तरगृह परिक्रमा सडक र सो क्षेत्रभित्र मिति २०८०।१०।१४ गते देखि नै लागु हुनेगरी कुनै पनि पशुपन्छि बध तथा माछा, मासु र अण्डा खरिदबिक्री वितरण एवं मदिरा सेवन विक्री वितरण लगायतका कार्यहरु नगरीदिनुहुन यस उपमहानगरपालिका स्थित सबै सरोकारवाला व्यवसायीहरुलाई यसै सूचना द्वारा सूचित गरिन्छ’ सूचनामा उल्लेख छ ।

Sponsored

अटेर गरे त्यस्ता कार्य गरेको पाइएमा नियमानुसार कारवाही गर्ने समेत उपमहानगरपालिकाले चेतावनी दिएको छ । जनकपुरधामको परिक्रमा सडक भित्र वर्षौपहिलेदेखि यो नियम रहेपनि खुल्लेयाम माछामासु तथा मदिरा विक्री वितरण हुने गरेको छ । तर, स्थानीय प्रशासन तथा उपमहानगरपालिकाले यसलाई कार्यान्वयन गर्न सकेको छैन । परिक्रमा सडक भित्रै दर्जनौ होटेलमा माछामासु तथा मदिरा विक्रीवितरण हुने गरेको सहजै देखिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *