TodayPati

मधेशका उद्योग मन्त्रालयमा एक कर्मचारीविरुद्ध चारकरोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर

टुडेपाटी-
जनकपुरधाम, माघ १६ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालिन भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका अधिकृत तथा हाल मन्त्रालयका शाखा अधिकृत भट्टराईविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Sponsored

०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा चार करोड ४० लाख १५ हजार नौ सय २५ रुपैयाँ गैरकानुनी सम्पत्ति जोडेको र सोको वैधानिक स्रोत नखुलेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले दावी गरेको छ ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५४÷०४÷२६ देखि मिति ०७९÷०२÷३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोहीअनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *