TodayPati

सप्तरीबाट मोटरसाइकल चोरीमा संलग्न तीनजना पेस्तोल र गाँजासहित पक्राउ

शुभ नारायण यादव-
सप्तरी ,माघ १६ गते ।

सप्तरी सदरमुकाम राजविराजमा मोटरसाइकल चोरीमा संलग्न दुई युवक कटुवा पेस्तोल र अवैध गाँजासहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्‍तरीको महदेवा गाउपालिका वडा न. १ ढिकली घर भई हाल राजविराज नगरपालिका १ राजदेवी टोल बस्ने २६ वर्षका सुमित कुमार मण्डल र भारतको बिहार राज्य अन्तर्गत मधुवनी ग्राम पन्चायत फुलपरास विसनपुर सिसवा वरही वडा नं. ५ बस्ने २७ बर्षका रणवीर कुमार यादव र विभस यादव रहेका छन् ।

Sponsored

सुमित लोड गरिएको कटुवा पेस्तोल र रणबीर लागू औषध गाँजासहित समातिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गएराति सप्तरीको राजविराज नगरपालिका वडा न. ६ स्थित सानिमा बैंक अगाडीबाट पार्किङ गरी राखेको प्र. २–०१–००१ प ८६१४ नम्बरको १६० सिसिको अपाचे मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिहरुलाई खोजतलास एवं प्राविधिक अनुसन्धान गर्ने सिलसिलामा सप्तरीको राजविराज नगरपालिका वडा न. ६ पुरानो बस पार्कबाट प्रदेश ०६–००१ प ०७५७ नम्बरको मोटरसाईकलमा आउदै गरेका मण्डल समातिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार शरीर तलासी लिँदा ज्याकेटको खल्तीमा लोड गरिएको अबस्थामा कटुवा पेस्तोल थान–१ र ऐ.मा लाग्ने ८ एमएम लेखिएको गोली थान–१ फेला परेको । पेस्तोल र गोली बरामद गरी नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा निजले मोटरसाईकल आफुसहित रनबीर मिलेर चोरी गरेको र भारतमा लगी बेचेको बताएको नेउपानेले जानकारी दिए ।

Sponsored

बयानका आधारमा यादवको खोजतलास गर्दा उनलाई बी.आर. ३२ एटी ०१३९ नम्बरको मोटरसाईकलमा पछाडी भारतमै बस्ने विभस यादवलाई आउदै गरेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको शरीर तलासी लिँदा मोटरसाईकलमा पछाडी बसेका विभस यादवको साथबाट लागु औषध गाँजा ६०२ ग्राम फेला परेको प्रहरीको भनाई छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *