TodayPati

आज सहिद दिवस मनाइँदै

टुडेपाटी

जाकपुरधाम, माघ १६ गते ।


आज माघ १६ अर्थात सहिद दिवस । जहानियाँ राणा शासनविरुद्धको लडाइँमा ज्यान बलिदान दिने शहीदहरुको सम्झनामा आज सहिद दिवस मनाइँदै छ ।

Sponsored

वि.सं.१९९७ सालमा प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तत्कालिन राणा शासकले मृत्यु दण्ड दिएका थिए ।

त्यसैको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । आजको दिन राणा शासनसहित प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झना गर्ने गरिन्छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

Sponsored

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *