आइसोलेसनमा रहेका बिरामीलाई जनकपुरका युवाको सहयोग
टुडेपाटी-
जनकपुरधाम, जेठ ३ गते ।
सरकारको अपुग भएपछि जनकपुरधामका केही युवाहरु भने कोरोना संक्रमितमाथि निरन्तर ध्यान केन्द्रित गरिरहेका छन् ।
प्रादेशिक अस्पतालको स्वामित्वमा सञ्चालमा रहेको कोरोना विशेष अस्पतालमा निगरानीमा रहेका संक्रमितहरुलाई अस्पतालले पानी समेत उपलब्ध नगराएपछि जनकपुरका केही युवाहरुले मिलेर उनीहरूका लागि सो काम गरेका छन् ।
आइसोलेसनमा रहेका एक पुस्तक व्यवसायी र सञ्चारकर्मीले आफुहरुलाई आईशोलेसनमा सरकारले तातो पानी त के चिसो पानी समेत उपलब्ध नगराएको गुनासो सुनाएपछि यहाँका केहि युवाहरु मिलेर शनिबार दोस्रो दिन पनि आइसोलेसनसम्म उनीहरुका लागि पानीको बोतल, बिस्कुट, भुजिया र ग्लास पुर्याएका हुन् ।
संक्रमितहरुका लागि जनकपुरको शिवचोकस्थित मिथिला डिपार्टमेन्टल स्टोरका सञ्चालक हरिकान्त मिश्रले उपलब्ध गराएको सो साम्रगीहरु स्वच्छता अभियानी बजरंग यादव र किशन साहको प्रयासमा आइसोलेसनसम्म पुर्याइएको छ ।
Sponsored