TodayPati

काठमाडौंमा पत्रकार महतोलाई ‘भैया’ भन्दै दुर्व्यवहार गर्ने बस चालक र सह-चालकविरुद्ध जाहेरी दर्ता

टुडेपाटी-
जनकपुरधाम, माघ १५ गते ।

रंग, पहिरण र भाषाको आधारमा पत्रकार राजकरण महतोमाथि भेदभाव तथा दुव्र्यहार गर्ने आरोपीबिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ । घटना भएकोे ८ दिनपछि प्रहरी वृत्त नयाँ बानेश्वरले दुई जना आरोपीबिरुद्ध किटानी जाहेरी दर्ता गरेको हो ।

माघ ७ गते काठमाडौंको तीनकुनेमा पत्रकार महतोलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गर्दै कुटपिटको प्रयास गरेको आरोपमा प्रहरीले शुक्रवार बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका चालक र सहचालकलाई पक्राउ गरेको थियो ।

Sponsored

पक्राउ पर्नेमा गाडी चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिका—८ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका— ३१ बानेश्वर बस्ने २४ वर्षीय ईश्वर भन्ने शेषबहादुर पौडेल र सहचालक धनुषाको मिथिला नगरपालिका— ८ बेंगाडाबर स्थायी घर भई हाल काठमाडौंको नारायणटार बस्ने २४ वर्षीय विक्रम कार्की रहेका छन् । उनीहरुमाथि पत्रकार महतोले भेदभावपूर्ण व्यवहार कसुरमा दिएको किटानी जाहेरी आईतबार दर्ता भएको प्रहरी वृत नयाँ बानेश्वरका अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक बीरेन्द्र केसीले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई काठमाडौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले बताए । कसुर ठहरिए ३ बर्ष जेल वा ३० हजार जरिवाना वा दुवै सजाय हुने कानुनका जानकारहरु बताउँछन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा १६० मा भनिएको छ ‘भेदभाव तथा अन्य अपमानजनक व्यहार गर्नु हुँदैन । यस्तो गतिविधि गरिएमा भेदभावपूर्ण व्यवहार गर्ने र गराउनेलाई ३ बर्ष जेल वा ३० हजार जरिवाना वा दुवै सजाय हुनेछ ।’
अन्नपूर्ण पोस्ट्का सिनियर करेस्पोन्डेन्ट महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ तीनकुनेमा एउटा बसका कर्मचारीहरूले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *