TodayPati

जनकपुरमा जारी सभामुख क्रिकेट कप: दोस्रो खेलमा सिरहाको रोमाञ्चक जित

टुडेपाटी
जनकपुरधाम, माघ १४ गते ।

जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० मा सिरहाले रोमाञ्चक जित हात पारेको छ । रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रि रंगशालामा आइतबार चार रनले पर्सालाई पराजित गर्दै सिरहा विजयी भएको हो ।
मधेश प्रदेशसभाले छैठौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कपको दोस्रो दिन सिरहा क्रिकेट टिम टस जितेर पहिला ब्याटिङ रोजेका थिए ।

सिरहाका खेलाडीहरु ३८ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४२ रनको लक्ष्य पर्सा समक्ष प्रस्तुत गरेका थिए । सिरहाको सुरुवाती ब्याटिङ मजबुत देखिएका थिए । ओपनिङ ब्याटिङ गरेका शैलेन्द्र साह र दिपेश दासले ६९ रनको साझेदारी गरेका थिए । दासले ५६ बलमा ४१ र साहले ५१ ब्लमा ३७ रनको योगदान दिए । त्यसतै, सिरहाकै लागि कृष्ण साहले ३८ बलमा २२ र रिसब कार्कीले दश रन बनाए ।

Sponsored

पर्साको लागि बलिङ गरेका अनुज चौहानले सात ओभरमा एक मेडनसहित मात्र २२ रन खर्चेर पाँच विकेट लिएका थिए । पर्साकै अकुब अन्सारीले तीन, सोनु शर्मा र समसाद मन्सुरीले एक÷एक विकेट लिए ।

जवाफी ब्याटिङका लागि आएका पर्सा टिम ३७ ओभरमा सबै विकेट गुमाएर मात्र एक सय ३७ रन बनाउन सके । पर्साका हासिम अन्सारीले ३० बलमा २२ रन, अकुब अन्सारीले ६६ बलमा २६ रन, अनुज चौहानले ४१ बलमा २८ रन बनाए ।

सिरहाका लागि बलिङ गरेका पृथ्वी यादवले आठ ओभरमा एक मेडनसहित २० रन खर्चेर तीन विकेट लिए । अफरुदिन राइन, आशुतोष पटेल र तारपेश्वर मुखियाले समान दुई÷दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच सिरहाका दिपेश दास घोषित भएका थिए । सोमबारको बारा र रौतहटबीच प्रतिस्पर्धा हुने खेल तालिका छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *