TodayPati

जडो छल्न जाकनन्दनी गाउँपालिकामा २४१ विपन्न परिवारलाई कम्बल वितरण

टुडेपाटी-
जनकपुरधाम, माघ १४ गते ।

धनुषाको जाकनन्दनी गाउँपालिकामा २४१ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।

जाडो छल्न जिल्ला विपद व्यवस्थापन समिति धनुषाले आइतबार वडा नं. ३ र ४ का २४१ परिवारलाई कम्बल वितरण गरिएको हो ।

Sponsored

मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले उपलब्ध गराएको वार्ड नं ३ र ४ को प्रखे महुवा र खजुरीका अति विपन्न परिवारलाई वितरण गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले जानकारी दिए ।

कार्यक्रममा प्रजिअ पाण्डे, प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा, सशस्त्र प्रहरी, नेपाली सेनाको उपस्थिति रहेको थियो ।

यस अघि १२ गते शुक्रबार सबैला नगरपालिबा अँखा प्राथमिक उपचार केन्द्र, वार्ड नं. ११ इनर्वा, वार्ड न १० गेरूवाही, मिसरपट्ट, अमरखाना, वार्ड ९ को सतोषर, वार्ड २ सबैला, वार्ड ३ महराटोल, वार्ड ७ मठिमुसहरी, वार्ड १ मुसहरी टोल, वार्ड १३ किरतपुरकामा रहेका विपन्न, गरिब परिवार ३८६ जनालाई रवितरण गरिएको थियो ।

Sponsored


यस्तै गणेशमानचारनाथ नगरपालिकाको वार्ड नं २ को मुसहरी टोल, लखनपुर, राधापुर, केराबारी पासमान टोल, वार्ड ३ को श्रीरामपुर, वार्ड ४ पथराइ, वार्ड नं. १ को महरा टोल, वार्ड ७ पासमान टोल, झापाली टोल, वार्ड ९ को महरा टोल, जयनगर टोल गरी १४० जनालाई १/१ थान कम्वल वितरण गरेको प्रजिअ पाण्डेले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *