TodayPati

जनकपुरमा पार्किंग गरि राखेको गरिबको कमाइ खाने आधार अटो रिक्सामा आगजनी

टुडेपाटी-
जनकपुरधाम, माघ १३ गते ।

जनकपुरमा एक गरिबको कमाइ खाने आधार अटो रिक्सामा आगजनी भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ मा हरिनन्दन कापरको अटो रिक्सामा गए राति आगजनी भएको हो ।

सडक छेउमा पार्किंग गरिएको अटो रिक्सामा राति कुनै अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । आगजनीबाट उनको अटो रिक्सामा धेरै क्षति पुगेको छ ।

Sponsored

कापर केही महिना अघि आफूले जम्मा गरेको केही रकम तथा सरसापट र ऋण लिइ अटो रिक्सा किनेका थिए । दैनिक जनकपुरमा अटो चलाएर उनको परिवारको छाँक टर्ने गरेको थियो । अटो रिक्सामा आगजानीपछि उनी समस्यामा परेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *