TodayPati

रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, माघ १३ गते ।

रौतहटमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ५ का ५५ वर्षीय बोधनाथ पौडेल छन् ।

उनी आज बिहान मोर्निङ्गवाकमा निस्केका बेला बसले ठक्कर दिएको हो । सर्लाहीबाट नारायण गढ तर्फ जान लागेको बा ३ खा ३४५५ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यायल चन्द्रपुरनिगहपुरले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक प्रहरी कार्यालयका निरीक्षक सुशील आचार्यले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *