TodayPati

सप्तरीबाट गाँजा सहित २ युवक पक्राउ

शुभ नारायण यादव-
सप्तरी, माघ १२ गते ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा न. ७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा सहित २ युवक पक्राउ परेका छन् ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा न.६ बस्ने ३१ वर्षीय सचिन यादव र अजय प्रसाद यादवलाई ८ किलो अबैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को. २५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ । यता पक्राउ गरेका दुवै युवकमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *