TodayPati

राष्ट्रियसभा निर्वाचनमा मधेशबाट काँग्रेसका आनन्द ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित

टुडेपाटी-
जनकपुरधाम, माघ ११ गते ।

राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका दुबै उम्मेदवार निर्वाचत भएका छन् । गठबन्धन घटक नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी (जसपा)की पूजा चौधरी निर्वाचित भएका हुन् ।

काँग्रेस नेता ढुंगाना अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर निर्वाचित भएका छन् । उनले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाएका हुन् ।

Sponsored

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी बिजेता झाले २ हजार ४८४ मतभार पाइन् । उनलाई प्रदेशसभाका २५ र पालिपाका पदाधिकारीको ६१ मत परेको छ ।

महिला कोटातर्फ गठबन्धनकै जसपाकी चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् । उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ ।
उनका निकटतम प्रतिद्वन्दी एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको छ ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ ।
मधेश प्रदेशमा अन्य र खुला गरी राष्ट्रिय सभाको दुई पदको लागि निर्वाचन भएको छ । जसमा पाँचजनाको उम्मेदवारी परेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *