TodayPati

जनकपुरबाट प्रभु साह नेतृत्वको आजपाका २३ नेताकार्यकर्ता जनकपुरबाट पक्राउ

टुडेपाटी-
जनकपुरधाम, माघ ११ गते ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका २३ नेताकार्यकर्तालाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ । सो क्रममा जनकपुरधाममा बन्द गराउँदै हिड्ने २३ जनालाई रामानन्दचोकबाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

डिएसपी अवाका अनुसार उनीहरुलाई जनकपुरको रामानन्दचोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

Sponsored

राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो ।

यधपी आजपको बन्दको आंशिक प्रभाव मात्र परेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *