TodayPati

राष्ट्रिय सभा निर्वाचन आज, मधेशमा दुई सदस्यको लागि मतदान जारी

टुडेपाटी-
जनकपुरधाम, माघ ११ गते ।

राष्ट्रिय सभाको १९ सिटका लागि आज निर्वाचन हुँदै छ । सातवटै प्रदेशमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

म्धेश प्रदेशमा दुई राष्ट्रिय सभा सदस्यका लागि जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान जारी छ । मधेश प्रदेशमा अन्य र महिला समूह तर्फ दुई राष्ट्रिय सभा सदस्यका लागि पाँचजनको उम्मेदवारी परेको छ । सत्ता गठबन्धन तर्फ काँग्रेसबाट अन्य तर्फ आनन्द प्रसाद ढुंगाना र महिला तर्फ जसपाकी पूजा चौधरीको उम्मेदवारी परेको छ । ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटका छन् ।

Sponsored

एमालेबाट अन्य तर्फ विजेता झा र महिला तर्फ उषा देवी थरुनीले उम्मेदवारी दर्ता गराएकी छन् । झा धनुषाकी हुन् भने थरुनी पर्साकी छन् । जनमत पार्टीले मधेश प्रदेशमा अन्य समूहमा रामशंकर महासेठ उम्मेदवार छन् । मधेश प्रदेशमा प्रदेशसभाका १०७ र पालिका प्रमुख र उपप्रमुख गरी २६७ मतदाता छन् ।

पालिका प्रमुख उपप्रमुखको मतभार ५ हजार ५३ र प्रदेश सांसदको ५ हजार ६७१ गरी जम्मा १० हजार ७२४ मतभार छ ।

मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । उनका अनुसार निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक हुने छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *