TodayPati

मधेश प्रदेश : दलित युवकसंग प्रेममा रहेकी छोरीको ५ महिना अघि घाँटी छिनाएर हत्या, खुल्यो रहस्य

टुडेपाटी-
जनकपुरधाम, माघ ११ गते ।

गत भदौ १२ गते पर्साको जिराभवानी गाउँपालिकामा–४ हुलाकी सडकखण्डको इमृती खोलामा टाउ र शरीर अलग भएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ । फेला परेको किशोरीको शव बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोका १५ वर्षीया छोरी कोशिला कुमारी महतोको रहेको प्रहरीले जनाएको छ ।

गाउँकै एक दलित युवकसंग प्रेममा रहेको थाहा पाएपछि बुबाले नै योजनावद्ध रुपमा छोरी कोशिलाको हत्या गरेको रहस्य खुलेको हो । रहस्य खुलेपछि बुबा हरिन्द्रलाई बारा प्रहरीले पक्राउ गरेर पर्सा प्रहरीलाई बुझाएको छ । बुबा हरिन्द्रले पनि छोरीलाई हत्या गरेको स्वीकारेको प्रहरीमा बयान दिएका छन् ।
मृतक छोरी आफ्नो रहेको बुबा हरिन्द्रले सनाखत गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।
‘हरिन्द्रले छोरी हराएपनि कतै निवेदन दिएका थिएनन् । हामीले आफ्नो संयन्त्रबाट सूचना पाएपछि नियन्त्रणमा लिएर सोधपुछ अनुसन्धान गर्दै जाँदा उनको संलग्नता खुल्यो । घटना पर्साको रहेकाले उत्तै जिम्मा लगायौं’ डिएसपी न्यौपानेले भने ।

Sponsored

स्थानीयका अनुसार एक दलित युवकसंग छोरी प्रेममा परेको थाहा पाएपछि हरिन्द्रले पटक पटक कोशिलालाई सम्बन्ध छाड्न दबाब दिएका थिए । नमानेपछि उनलाई योजनावद्ध रुपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

मृतक बालिका स्थनीय गंगा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै गरेकी थिइन् । पर्साका प्रहरी उपरीक्षक कोमल शाहले घटना विषयमा थप अनुसन्धान जारी रहेको बताए । दुई दिन पश्चात यो घटना विस्तृत विरणसहित सार्वजनिक गर्ने उनको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *