TodayPati

‘भैया’ भन्दै दुव्र्यवहार गर्नेमाथि कारबाहीको माग गर्दै पत्रकार महतो पुगे आयोग

टुडेपाटी-
जनकपुरधाम, माघ १० गते ।

‘भैया’ भन्दै दुव्र्यवहार गर्ने बस चालक र सहचाकलाई प्रहरीले पक्राउ नगरेपछि पत्रकार राजकरण महतो राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । उनले बुधबार आयोगको केन्द्रिय कार्यालय हरिहर भवन ललितपुर पुगेर उजुरी दिएका हुन् ।

आयोगका अध्यक्ष तपबहादुर मगरलाई उजुरी बुझाउँदै न्यायका लागि सहयोग गरिदिन पत्रकार महतोले आग्रह गरेका छन् । आयोगका संरक्षण विभाग प्रमुख डा. यज्ञ अधिकारीले कसैलाई पनि जातीय तथा सम्प्रदायिक दुव्र्यवहार गर्नु कानुन तः दण्डनीय रहेको बताए ।

Sponsored

‘जातीय तथा सम्प्रदायिक रुपमा कसैलाई रंग, पहिरण र बोलीको आधारमा दुव्र्यवहार गर्नु कानुन तः दण्डनीय हो । संविधानले सबैको मानव अधिकार र स्वतन्त्र भएर बाँच्न पाउने अधिकारको प्रत्याभूत गरेको छ’ उनले भने ।

उनका अनुसार काठमाडौंमा आउने बहुसंख्यक मानिस सार्वजनिक यातायात प्रयोग गर्छन् । ‘यातायात व्यवसायी र त्यहाँ खटिएका कर्मचारीहरुले यसरी दुव्र्यबहार गर्नु गम्भीर विषय रहेको छ । यो कुनै व्यक्तिमाथि मात्र नभएर समुदायमाथि नै घृणाजन्य अभिव्यक्ति हो । नियन्त्रण गर्न योजनावद्ध रुपमा आयोगले काम गरिरहेको छ ‘उनले भने ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले यस्ता गतिविधि गर्नेलाई तुरन्त प्रहरीले पक्राउ गरी कारबाही गर्नुपर्नेमा त्यसो नगरेकाले आयोगले प्रहरीसंग स्पष्टीकरण माग गर्ने बताए ।
पीडित पत्रकार महतोले बुधबार नै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा समेत न्यायको लागि पहल गरिदिन उजुरी दिएका छन् ।

Sponsored

अन्नपूर्ण पोस्टमा बरिष्ठ संवादाताको रुपमा कार्यरत्त पत्रकार महतोमाथि गत माघ ७ गते काठमाडौंको तीनकुनेस्थित दुव्र्यवहार भएको थियो । सडक किनारमा रोकीराखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामको गाडीका कन्डक्टर र चालकले दुव्र्यवहारसंगै कुटपिटका प्रयास गरेका हुन् । चालक र सहचालकले उनलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *