TodayPati

राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वरमा अष्टजामसहित १००१ साधुशन्तको भण्डारा सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, माघ १० गते ।

अयोध्यमा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वर गाउँपालिकामा एक हजार एक साधुशन्तको भण्डारा सम्पन्न भएको छ । नेपाल सनातन धर्म संरक्षण समिति बटेश्वर गाउँपालिकाले एक हजार एक साधुशन्तको भण्डारा मंगलबार सम्पन्न गरेको हो ।

सोमबार राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा बटेश्वर गाउँपालिका ४ बटेश्वर बजार स्थित सीताराम नामको २४ घण्टे जप समेत गरेको थियो । समितिका सदस्य रामपुकार महतोका अनुसार चन्दा संकलन गरी समितिले अष्टजामसहित साधुशन्तको भव्य भण्डारा आयोजन गरेको थियो ।

Sponsored

बटेश्वर गाउँपालिकमा स्थानीय रामचन्द्र कुशवाहा अध्यक्ष, बिन्दिलाल महतो कोषाध्यक्ष र महेन्द्र महतो सचिव रहेको सनातन धर्म संरक्षण समिति रहेको छ । समितिले भण्डारामा सहभागी साधुशन्तलाई गम्छा ओढाएर सम्मान समेत गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *