TodayPati

सिरहामा देवरले गरे भाउजूको हत्या

टुडेपाटी-
जनकपुरधाम, माघ १० गते ।

सिराहामा देवरले बञ्चरो प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवाका २५ वर्षीय मो. जियाउल राइनले जेठी भाउजू अन्दाजी ३२ वर्षीया तञ्जिला खातुनलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

सोमबार बिहान १० बजेतिर घरको आँगनमा रहेको हातेकलबाट पानी थापेर जाँदै गर्दा पछाडिबाट देवरले बन्चरो प्रहार गर गरेका थिए । गम्भीर घाइते तञ्जिलालाई त्काल छिमेकीहरूले उपचारका लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।
बञ्चरो प्रहार गरी हत्या गर्ने जियाउललाई प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

स्थानीयका अनुसार लागूऔषध सेवन गरेर लठ्ठ परेका जियाउलले सुरुमा भाइ अताबुल र बुहारीलाई आक्रमण गर्न खोजेका थिए । उनीहरू भागेपछि कलबाट पानी लिएर जाँदै गरेकी जेठी भाउजूलाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

मृतक तञ्जिलाकी श्रीमान् सलिम राइन वैदेशिक रोजगारीको क्रममा पछिल्लो करिब आठ वर्षदेखि कुवेतमा रहेका छन् । तञ्जिलाले सात वर्षका छोरा र पाँच वर्षीया छोरीको साथमा घर–व्यवहार चलाउँदै आएकी थिइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *