TodayPati

समर्थन फिर्ता लिँदै जनमतले छाडे मधेश सरकार

टुडेपाटी-
जनकपुरधाम, माघ ९ गते ।

जनमत पार्टी मधेश सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरिएको छ ।
मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका छन् ।
साथै मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र समक्षा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको थियो । मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।
सरकार गठनकै बेलादेखि जसपा र जनमतबीच खटपट हुँदै आएको थियो ।

Sponsored

माघ ३ मा स्वाभिमान दिवस र प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिकी कार्यक्रममा जनमतले भ्रष्टाचारी सरकार भन्दै कार्यक्रम स्थलनमा नाराबाजी गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । त्यस्तै सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको भवन जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गर्ने विषयमा पपिन जनमत असन्तुष्ट हुँदै विरोध प्रदर्शन गरेको थियो । त्यस क्रममा शिक्षा तथा संस्कृति मनत्री महेश प्रसाद यादव र तीनजना सांसद समेत प्रहरीको बल प्रयोगबाट समान्य घाइते भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *