TodayPati

पुर्वमन्त्री उमेश यादवले सप्तरीमा सुरु गरे स्वाभिमान यात्रा

टुडेपाटी-
सप्तरी, माघ ९ गते ।

पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले आजदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् ।

सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका लागि सबै पक्षलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ पुर्वमन्त्री यादवले सो अभियानको सुरुवात गरेका हुन् । राजविराजस्थित सवर्गीय गजेन्द्र नारायण सिंह र साकेतचन्द्र मिश्रको शालिकमा माल्यार्पण गरी सप्तरी स्वाभिमान यात्राको सुरुवात गर्दै उनले दलिय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि अभियान भएकाले यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।

Sponsored

अभियानका क्रममा पार्टीको झण्डा नबोकी केबल नेपाल राष्ट्रिय झण्डा मात्र बोकेर नागरिकहरुको घर घरमा जाने उनले बताए ।

जिल्लाको बलानबिहुल गाउँपालिकास्थित चन्ही मल्हनियाँबाट अभियानको सुरुवात गरिएको पुर्वमन्त्री यादवले बताए । अभियानका क्रममा गाउँका बुद्धिजिवी, किसान तथा सर्वसाधारणहरुसँग सप्तरीको कृषि, सिंचाई, पर्यटन लगायतका समस्या बारे छलफल गर्ने उनको भनाइ छ ।

‘‘अभियानका क्रममा सप्तरीको एउटा पालिकामा कम्तीमा एक हप्तासम्म बस्छु, त्यहीका स्थानीयसँग बसेर स्थानीयका समस्याहरुको पहिचान गर्छु”, पुर्वमन्त्री यादवले भने,‘‘ स्थानीय स्तरमा देखिएका समस्याहरुको बिषयमा गाउँका स्थानीयबबासी तथा स्थानीय सरकारका प्रमुह लगायतहरुसँग अन्र्तक्रिया गर्छु ।” स्थानीय तहबाटै समाधान हुने बिषयलाई स्थानीय तहबाटै र अिन्य निकायबाट समाधान हुने बिषयलाई सम्बन्धी निकायमा लैजाने छु, उनले भने ।
पहिलो चरणमा जिल्लाको १८ वटै पािलकामा अभियान लैजाने र त्यहाँबाट आएका सुझाब सल्लाह अनुसार दोश्रो चरणको कार्यक्रम निर्धारण गर्ने उनले बताए ।

Sponsored

यसअघि पुर्वमन्त्री यादवले गत शुक्रवार सप्तरी स्वाभिमान यात्राको सन्दर्भमा जिल्लाका बुद्धिजिवी, पेशाकर्मी, राजनीतिक दलका प्रतिनिधि लगतयका सरोकारबालासँग अन्र्तक्रिया गरेका थिए ।
जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, सडक लगायतका क्षेत्रमा व्यापक समस्या देखिएकोले समाधानका लागि सबै पक्ष एकमत हुनुपर्ने भएकाले आफुले यस्तो अभियान सञचालन गरेको उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *