TodayPati

धनुषाको सुकुम्बासी बस्तीका १० जना मुसहरलाई एकसाथ नागरिकता

टुडेपाटी-
जनकपुरधाम, माघ ९ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडियाका सुम्बबासी मुसहर बस्तीका १० जनालाई एकसाथ नागरिकता प्रदान गरेको छ । आइतबार बस्तीका १० जनलाई एकैसाथ नागरिकता प्रदान गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले जानकारी दिए ।

विपन्नता र अशिक्षाको कारण लामो समयदेखि उनीहरु नागरिकताबाट बञ्चित थिए । बस्तीकै मोतिलाल सदा ४८ वर्षमा नागरिकता पाएका हुन् । उनीसंगै वस्तीकै अनिता कुमारी सदा, इन्द्र रेखा सदा, विनिता कुमारी सदा, लरुवती देवी सदा, सरिता सदा, रामबाबु सदा, दिपेन्द्र सदाले नागरिकता पाएका हुन् ।

Sponsored

केहीदिन अघि सो वस्तीमा नागरिकता विहीनका लागि हेल्भेटास नेपालको सहजीकरणमा मानव कल्याण समाज नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा प्रजिअ पाण्डे पुगेका थिए । उनीहरु लामोसमयदेखि नागरिकता नपाएको गुनासो गरेका थिए । कार्यालयमा जाँदा पनि कागजी प्रक्रिया पूरा गर्न नसक्दा बञ्चित रहेको गुनासोपछि कार्यालयमै बोलाएर उनीहरुलाई नागरिकता प्रदान गरेको प्रजिअ पाण्डेले बताए । उनका अनुसार थप ७ जनालाई कानुनी प्रक्रिया पूरा गरी छिट्टै नागरिकता प्रदान गरिने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *