TodayPati

राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वर गाउँपालिकामा आज १००१ साधुशन्तको भण्डारा

टुडेपाटी-
जनकपुरधाम, माघ ९ गते ।

अयोध्यमा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा बटेश्वर गाउँपालिकामा आज एक हजार एक साधुशन्तको भण्डारा आयोजन गरिएको छ । नेपाल सनातन धर्म संरक्षण समिति बटेश्वर गाउँपालिकाले चन्दा संकलन गरी आज पालिका भित्रका साधुशन्तको भण्डारा आयोजन गरेको हो ।

हिजो भएको राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा हिजैदेअि बटेश्वर गाउँपालिका ४ बटेश्वर बजारमा सिताराम नामको २४ घण्टे नाम जाप पनि जारी छ ।

Sponsored

आज दिउँसो अष्टजाम समापन पश्चात एक हजार एक साधुशन्तको भण्डाराको आयोजन गरिएको धर्म संरक्षण समिति बटेश्वरका सदस्य रामपुकार महतोले जानकारी दिए ।

बटेश्वर गाउँपालिकमा स्थानीय रामचन्द्र कुशवाहा अध्यक्ष, बिन्दिलाल महतो कोषाध्यक्ष र महेन्द्र महतो सचिव रहेको सनातन धर्म संरक्षण समिति रहेको छ ।

दुईदिन अघि मात्र बटेश्वर गाउँपालिका १ लावकुश मन्दिरले पनि राम मन्दिरको प्राण प्रतिष्ठामा साधुशन्तको भण्डारा गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *