TodayPati

राम मन्दिरको प्राण प्रतिष्ठामा जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन

टुडेपाटी-
जनकपुरधाम, माघ ८ गते ।

राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरको जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ । सोमबार साँझ मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको हो । यस्तै राम मन्दिरको प्राण प्रतिष्ठा भएको अवसरमा जनकपुरधामसहित मधेशको घरघरमा दीपावली गरि खुसी मनाइँएको छ ।

ज्कपुरधाममा सोमबार दिनभर जय सियारामको नारासहित भगवा ध्वजसहित शोभायाता भइरह्यो । भगवान रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाएका छन् ।
दिउँसो नै जानकी मन्दिर लागयत वरपर रंगोली बनाइएर सजाइएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *