TodayPati

राममन्दिरको प्राण प्रतिष्ठामा जनकपुरसहित मधेशमा उत्सव

टुडेपाटी-
जनकपुरधाम, माघ ८ गते ।

भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार भएको राममन्दिरको प्राण प्रतिष्ठामा जनकपुरधामसहित तराई मधेशमा उत्सव मनाइएको छ । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरधाममा दिनभर जय सियारामको नारासहित भग्वा ध्वज लिएर भक्तजनले खुसियाली प्रदर्शन गरेका हुन् ।

जानकी मन्दिर प्रांगणलाई रंगोली, फूल तथा दीपले सजाइएको छ । अहिले जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिँदै छ । जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलन गरिरहेका छन् ।

Sponsored

मठमन्दिरसहित घरघरमा दीप प्रज्वलन गरेर खुसियाली मनाइँदै छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *