TodayPati

मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यासमा जसपा र जनमतबीच मुठभेडको सम्भावना

टुडेपाटी-
जनकुपरधाम, माघ ८ गते ।

सप्तरीको राजविराजमा आज मधेश कृषि विश्व विद्यालयको शिलान्यास हुँदै छ । राजविराज नगरपालिका १३ स्थित रहेको करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास हुन लागेको हो ।
जनमतको विरोधका बाबजुद जसपा अध्यक्ष उपेन्द्र यादवले भवनको शिलान्यास गर्न लागेका हुन् । शिलान्यासका लागि मुख्यमन्त्री सरोजकुमार यादवसहित जसपाका मन्त्रीहरु राजविराज पुगिसकेका छन् ।

मुख्यमन्त्री यादवले आजकै मितिमा १२ बजेर ४० मिनेटमा शिलान्यास गर्ने निर्णय भएकाले शिलान्यास हुन लागेको बताए ।

Sponsored

आफ्नै सरकारको शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले के कारणले रोक्न वक्तव्य जारी गरेको विषयमा आफूलाई थाहा नभएको तर्क गरे । गौरबका योजना रहेकाले शान्तिपूर्ण रुपमा शिलान्यस हुन दिन मुख्यमन्त्र यादवले आग्रह गरेका छन् ।

विश्व विद्यालयका राजिष्टार भगवान ठाकुले आज जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्रीले संयुक्त रुपमा भवनको शिलान्यास गर्ने बताए ।
छलफल समन्वय नै नगरी विश्व विद्यालयले उपेन्द्रको हातबाट शिलान्यास गराउने तयारी गरेको भन्दै जनमत पार्टीका नेताकार्यकर्ता हिजो विश्व विद्यायमा तालाबन्दी गरेका छन् ।
जनमतका शिक्षा मन्त्री महेश प्रसाद यादवले हिजो पत्र लेख्दै कार्यक्रम स्थगन गर्न वक्तव्य जारी गरेका छन् ।

जनमतका अध्यक्ष डा. सिके राउतले आइतबार साँझ गृह मन्त्रालयलाई पत्र लेख्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न माग गरेका हुन् ।
यता शिक्षा मन्त्री यादवले रोक्न भनेको कार्यक्रम अझै नरोकिएकाले आफूहरु विरोध गर्ने बताए । ‘शिलान्यास कायक्रमको हामी विरोध गर्छौ । बहिस्कार गर्छौ’ मन्त्री यादवले भने ।
जनमतले विरोध जारी राखेका छन् । यस्तोमा शिलान्यसा गर्ने स्थलमा विवादले मुठभेडेको सम्भावना बढेको छ ।
सप्तरी क्षेत्र नं. २ बाट जनमतका अध्यक्ष डा. सिके राउत निर्वाचित छन् । त्यस क्षेत्रबाटै पराजि उपेन्द्र यादवले सोही क्षेत्रमा रहेको विश्व विद्यालयको भवन उदघाट गर्न लागेकोमा जनमतको आपति छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *