TodayPati

काठमाडौंमा ‘भैया’ भन्दै पत्रकार महतोमाथि दुव्र्यवहार र कुटपिट प्रयास

टुडेपाटी-
जनकपुरधाम, माघ ८ गते ।

काठमाडौंमा पत्रकार राजकरण महतोमाथि दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास भएको छ । अन्नपूर्ण पोस्टमा बरिष्ठ संवादाताको रुपमा कार्यरत्त पत्रकार महतोलाई काठमाडौंको तीनकुनेस्थित सडक किनारमा रोकीराखेको बा.२ ख ४५३४ नम्बरको सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) नामको गाडीका कन्डक्टर र चालकले दुव्र्यवहारसंगै कुटपिटका प्रयास गरेका हुन् ।

कन्डक्टर र चालकले उनलाई ‘भैया’ भनेर अभद्र व्यवहार गर्नुका साथै अश्लील गालीगलौज गरेका थिए । आफूमाथि किन दुर्व्यवहार गरियो भनेर सोध्दा महतोलाई बसका दुवै कर्मचारी मिलेर कुटपिट गर्न खोजेको पत्रकार महतोले बताए ।

Sponsored

‘मसँग भएको यो पहिलो र एउटा मात्रै घटना होइन । मेरो जातीय पहिचान, मधेसी समुदायमाथि गरिने यस्ता सार्वजनिक बेइज्जती मलगायत तमाम व्यक्तिले भोग्दै आएका छन्’, प्रहरीमा दर्ता गराएको उजुरीमा उनले भनेका छन्, ‘काठमाडौं बसाइको अढाई वर्षको अन्तरालमा समाचार संकलनका लागि फिल्डमा खटिँदा आधा दर्जनभन्दा बढी पटक सडक, बजार, चोकमा मैले र मसँग रहेका आफन्तजनहरूले लगाएको पोसाक, अनुहार, र बोलेको बोलीका आधारमा ‘भैया’, ‘बिहारी’, ‘मर्सिया’ भनेर दोस्रो दर्जाको नागरिकको रूपमा लिई अपमान गर्दै आएको तीतो यथार्थ ताजै छ ।’
घटना पश्चात साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट उनीहरूविरुद्ध महतोले बानेश्वर प्रहरी वृत्तमा गाली बेइज्जती तथा क्षतिपूर्तिको उजुरी गरेका छन् । दोषीलाई अविलम्ब पक्राउ गरेर कानुनी दायरमा ल्याई न्याय दिलाउन उनले अनुरोध गरेका छन् ।
बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी शिवराज बुढाथोकीले महतोमाथिको दुव्र्यहार अत्यन्त निन्दनीय रहेको बताउँदै दोषीलाई पक्राउ गर्न प्रहरी खटाएको र कानुनी दायरा ल्याउन प्रहरी प्रतिबद्ध रहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *