TodayPati

मधेश कृषि विश्व विद्यालयमा जनमतले लगाए ताला

टुडेपाटी-
जनकपुरधाम, माघ ७ गते ।

कृषि विश्वविद्यालयमा जनमत पार्टीका नेता कार्यकर्ताले तालाबन्दी गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले भोलि (सोमबार) विश्वविद्यालयको भवनको शिलान्यासको तयारी भएपछि जनमतले सप्तरीको राजविराजमा रहेको विश्व विद्यालयमा तालाबन्दी गरेको हो ।

राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका हुन् ।
२९७९ को चुनावको मुखमा मधेश प्रदेश सरकारले भाडाको घरमा स्थापना गरेको कृषि विश्वविद्यालयको भवन राजविराज नगरपालिका १३ स्थित १२ विघा क्षेत्रफलमा बन्ने तयारी छ । जसको लागि जसपा अध्यक्ष उपेन्द्र यादवले भोलि शिलान्यास गर्ने छन् ।

Sponsored

तर भवन शिलान्यासकै विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवबीच समेत मतभेद देखिएको छ ।

मुख्यमन्त्री यादवले आफ्नै अध्यक्ष उपेन्द्र र शिक्षामन्त्री यादवले पनि आफ्नै अध्यक्ष सीके राउतलाई प्रमुख अतिथि बनाउने पक्षमा छन् ।
मन्त्री यादवले आफूले बिना समन्वय शिलान्यास नगर्न विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरलाई निर्देशन दिएको बताए । तर मुख्यमन्त्री यादवको निर्देशन मानेर विश्वविद्यालय भवन शिलान्यास कार्यक्रम उनले राखेका छन् ।

यो विश्वविद्यालयको भवन उपेन्द्र यादव र सिके राउतकै क्षेत्र (सप्तरी–२) मा शिलान्यास हुँदैछ । राजविराज नगरपालिका–१३ मा बन्ने विश्वविद्यालय भवनको शिलान्यास उपेन्द्रले प्रमुख अतिथि भएर हुने भएपछि जनमत पार्टी रोक्न लागि परेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *