TodayPati

भोलि हुने राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरमा सावा लाख दियो बालिने

टुडेपाटी-
जनकपुरधाम, माघ ७ गते ।

भोलि (सोमबार) जनकपुरधाममा सवा लाख दीप प्रज्वलनको हुने भएको छ । भोलि हुने भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरधाममा सावा लाख दीप प्रज्वलनको तयारी गरिएको हो ।

जानकी मन्दिरले घरघर तथा मठमन्दिरमा दिप प्रज्वलन गर्न अपिल गरेको छ । त्यसको लागि मन्त्रालय र विभिन्न कार्यालयललाई जानकी मन्दिरले पत्र पठाएर अपिल गरेको छ । यसअघि जनकपुरधाम उपमहानगरपालिकाले समेत दीप प्रज्वलन गर्न अपिल गरेको थियो ।

Sponsored

वर्षौंको विवादपछि अदालतको निर्णयअनुसार अयोध्यामा भगवान रामको विशाल मन्दिर निर्माण भई समुद्घाटन हुँदैछ । त्यस अवसरमा धेरै पालिकाले दीपोत्सव गर्न आग्रह गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *