TodayPati

मधेश प्रदेश एथलेटिक्स संघको अध्यक्षमा पुष्पा यादव

टुडेपाटी-
जनकपुरधाम, माघ ६ गते ।

पुष्पा यादवको नेतृत्वमा मधेश प्रदेश एथलेटिक्स संघ गठन भएको छ । जनकपुरधाममा शनिवार राराब क्याम्पसका शिक्षक इन्द्र कुमार यादवको अध्यक्षता तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा भएको प्रदेशस्तरीय भेलाबाट एथलेटिक्स संघ गठन भएको हो ।

संघको उपाध्यक्षमा विनोद कुमार कामती, सचिवमा दिलिप कुमार यादव, कोषाध्यक्षमा चन्देश्वर पटेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अंशु सिंह, सकुन्ताला शर्मा, रामपृत चौधरी, अजय कुमार पण्डित, राजु चौधरी, मलिक चौधरी, सन्तोष मण्डल निलम यादव, गौतम रहेको छ । त्यसैगरी सल्लाहकारमा इन्द्र कुमार यादव, ज्ञानेन्द्र कुमार यादव, श्रीनारायण साह चयन भएका हुन् ।

Sponsored

राराब क्याम्पसका शिक्षक इन्द्र कुमार यादवको अध्यक्षतामा तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा भएको प्रदेशस्तरीय भेलाबाट सर्वसम्मत रुपमा एजथेटिक्स संघ गठन भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *