TodayPati

जलाद नदीमा ७ वर्षदेखि अलपत्र पुल अविलम्ब निर्माणको माग गर्दै महेन्द्रनगरमा प्रदर्शन र चक्काजाम

टुडेपाटी-
जनकपुरधाम, माघ ३ गते ।

अलपत्र निर्माणधीन पुल यथाशीघ्र निर्माणको माग गर्दै धनुषाको सखुवा महेन्द्रनगरमा स्थानीय प्रदर्शन गरेका छन् । मिथिला मध्यमा परिक्रमा सडक अन्तर्गत क्षिरेश्वरनाथ नगरपालिका–७ इच्छापुरस्थित जलाद नदीमा सात वर्षदेखि अलपत्र निर्माणाधीन पुललाई यथाशीघ्र निर्माणको माग गर्दै प्रदर्शन भएको हो ।

निर्माणधीन पुल स्थलबाट स्थानीय राजनीतिक दल तथा युवाले निकालेको विरोध जुलुस सखुवा महेन्द्रनगरमा जनकपुरधाम ढल्केवर सडक खण्डमा आधा घण्टा चक्काजाम गरेका छन् । दिउँसो पौने १२ बजेदेखि आधा घण्टा दबाब स्वरुप सडक अवरुद्ध गरेको नेकपा एकीकृत समाजवादीका मेयरका प्रत्यासी शिवकुमार महतोले जानकारी दिए ।

Sponsored

यथासिघ्र पुल निर्माण नभए अगामी दिनमा अझ थप शसक्त आन्दोलन गर्न बाध्य हुने स्थानीयले चेतावनी दिएका छन् ।

जलाद नदीमा पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय सास्ती भोग्न बाध्य छन् । डिभिजन सडक कार्यालय जनकपुरबाट बनिरहेको पुल निर्माणको ठेक्का पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ । १२० मिटर लम्बाई र ११ मिटर चौडाईको बन्न लागेको पुलको १२ करोड ३५ लाख ६३ हजार २२४ रुपियाँमा निर्माण ठेक्का पाएको थियो । सम्झौता बमोजिम १९ पुस २०७६ मा सम्पन्न गर्नुपर्ने पुलको पुनः समयावधि थपेको थियो । त्यसपछि १९ असार २०८० मा सम्पन्न गरिसक्नु पर्ने पुल निर्माण ५३ प्रतिशतमात्र काम गरेर अलपत्र छाडेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *