TodayPati

धनुषामा मृत फेला परेका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु

टुडेपाटी-
जनकपुरधाम, माघ २ गते ।

धनुषामा सोमबार बिहान मृत फेला परेका महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका २२ वर्षीय राधे सहनीको श्रीमती अस्मिताको पनि मृत्यु भएको छ ।

गम्भीर घाइते अवस्थामा फेला परेकी श्रीमती २० वर्षीया अस्मिता शर्माको सोमबार राति ११ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीका अनुसार श्रीमान राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पकडिया स्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए । चार महिना अघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएपछि दम्पति क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

Sponsored

आइतबार राति १० बजेतिर केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा अस्मितलाई लिएर हिडेका राधे डेढकिलोमिटर टाढा दुर्घटनामा परेका थिए ।

राधेका साथीहरु दुर्घनामा परेका राधेलाई छाडेर र अस्मितलाई गम्भीर घाइते अवस्थामा मातइत पुर्याएर भागेका थिए । माइत पक्षले राधेले नै अस्मितलाई मरासन्न हुनेगरी कुटपिट गरेर भागेको भन्दै प्रहरीमा खबर गरेका थिए । अस्मितालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरेको थियो ।

रातभर राधेलाई खोजविन गर्दा सोमबार बिहान उनी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले भागेका तीनैजना युवकलाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेपछि मोटरासइकल दुर्घटना भएको खुलेको हो । राधे मृत फेला परेका ठाउँमा मोटरसाइकल दुर्घटना भएको जस्तो केही पार्टपुर्जा फेला परेको थियो ।

Sponsored

राधे चलाउने मोटरसाइकल अन्य साथीको रहेको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । कार्कीका अनुसार राधेले अत्यधिक मदिरा सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार घाइते अवस्थामा राधेलाई उपचारको लागि भर्ना गराएको भने बाँच्न सक्थो । तर, गम्भीर अवस्थामा रातभर कठ्यांग्रिएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ । उनका साथीहरुले राधे नशामा रहेकाले आफै उठेर आउन सक्ने अनुसमानसहित अस्मितालाई माइत पुर्याएर भागेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *