TodayPati

त्रिशूली नदीमा भारतीय बुलेरो जिप भेटियो, यात्रु खोज्दै प्रहरी

टुडेपाटी-
जनकपुरधाम, माघ २ गते ।

त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको भारतीय बुलेरो जिप फेला परेको छ । आज बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित मिलेर खोजी गर्दा भारतीय नम्बर प्लेट BR 09GC1430 को जिप फेला परेको हो ।

चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार जिपभित्र मानिस फेला नपरेकाले दुर्घटनाका बखत गाडीमा मानिस थिए या थिएनन् यकिन भएको छैन । अझै खोजी कार्य जारी छ ।

Sponsored

प्रहरीले आज बिहान ४ बजेर ५० मिनेटको समयमा इच्छाकामना–५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल नदीमा बत्ती बलेको जस्तो देखिएको जानकारी पछि खोजी कार्य थालिएको थियो ।

चितवन प्रहरीको विपद् व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खोजीमा खटिएको प्रवक्ता भण्डारीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *