TodayPati

वडाध्यक्षहरुद्वारा सम्सी गाउँपालिका कार्यालयमा तालाबन्दी

टुडेपाटी-
जनकपुरधाम, पुस २९ गते ।

महोतरीको सम्सी गाउपालिकाका वडा अध्यक्षहरुले गाउपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यपालिका
बैठककालागि पत्रचार गरेपनि बैठक बस्न नसकेको र गाउपालिकाका प्रमुख रामनाथ यादव तथा प्रमुख प्रशासकिय अधिकृत गणेश चन्द्र मिश्र मिलेर मनोमानि गरेको भन्दै ५ जना वडा अध्यक्षहरुले गाउपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा अध्यक्षहरुले विज्ञप्ति निकाल्दै गाउ सभा विशेष शभाको रेडबुक सार्वजनिक गर्नुपर्ने, आर्थिक वर्ष ०७९÷८० र आर्थिक वर्ष ०८०÷८१ को खर्च विवरण सार्वजनिक गर्नु पर्ने, कार्यपालिका बैठक यथाशिघ्र बस्नु पर्ने, गाउपालिकामा कार्यरत ज्यालादारीका कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने र प्रशासकिय अधिकृतको तत्काल सरुवा गर्नु पर्ने माग राख्दै गाउपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गरेको हो ।

Sponsored

पुष ५ गते गाउपालिकाको कार्यपालिका बैठक सम्बन्धमा गरिएको पत्रचार पत्रमै समिति रहेको र प्रमुख प्रशासकिय अधिकृत मिश्र लामो समय देखि कार्यालयमा उपस्थित नभएको भन्दै वडा अध्यक्षहरुले तालाबन्दी गरेको वडा नं. २ का वडा अध्यक्ष शेष अंजारेले बताए ।

प्रमुख प्रशासकीय अधिकृत कार्यालय नआउँदा योजनहरु कार्यन्वयन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय महोतरीको ध्यानआकर्षण गराएको र समस्या समाधानकालागि कुनै पहल नभएपछि तालाबन्दी गर्नु परेको वडा अध्यक्षहरुले बताएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *