TodayPati

काठमाडौँ जाँदै गरेको बस दुर्घटना : १२ जनाको मृत्यु, २३ जना घाइते

टुडेपाटी-
जनकपुरधाम, पुस २८ गते ।

बाँकेको नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतीय पनि छन् । दुर्घटनामा परी २३ जना घाइते छन् ।

मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० का कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुन बहादुर रावत, बाँकेका वर्ष ३० का रामवरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाएको छ ।

Sponsored

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । उनका अनुसार घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना कोहलपुर र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार १२ वटै शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । नमस्ते यातायातको बसमा ३६ जना सवार थिए। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाको छ । दुर्घटना विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *