जसपाको महाधिवेशन जेठमा हुने
टुडेपाटी-
जनकपुरधाम, पुस २७ गते ।
जनता समाजवादी पार्टी (जसपा)ले महाधिवेशन आगामी जेठ अन्तिममा गर्ने भएको छ ।
शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते जनकपुरधाममा गर्ने निर्णय गरेको हो ।
धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
जसपाले माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय समेत भएको प्रवक्ता सुमनले बताए ।