TodayPati

मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने

टुडेपाटी
जनकपुरधाम, पुस २७ गते ।

मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेको दिनलाईस्वाभिमान दिवस मनाउने बिहीबार बसेको मन्त्री परिषदले निषर्णय गरेको हो

३ माघ २०७८ मा गतेकै दिन तत्कालिन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमान दिवसको रुपमा मानउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

Sponsored

त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनका सहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *