TodayPati

रामबहादुर बम्जन पुर्पक्षका लागि जलेश्वर कारागार चलान

टुडेपाटी-
जनकपुरधाम, पुस २६ गते ।

बाल यौन दुर्व्यवहार गरेको मुद्दामा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको छ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए । आदेशसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरीको जलेश्वर कारागार चलान गरिएको हो ।

Sponsored

सर्लाही कारागारमा राख्ने ठाउँ नभएपछि बम्जनलाई महोत्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रविण धितालले जानकारी दिए।

बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा २०७५ मा जाहेरी परेको थियो । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *