TodayPati

कोठामा कोइला बालेर सुतेका पाँचजना बालबालिकाको निसास्सिएर मृत्यु

एजेन्सी-
जनकपुरधाम, पुस २५ गते ।

भारतको उत्तर प्रदेशको अमरोहा जिल्लामा निसास्सिएर एकै परिवारका पाँच बालबालिकाको मृत्यु भएको छ ।

अमरोहा जिल्लाको ढाका गाउँमा कोठामा कोइला बालेर खाना पकाइएपछि सोही कोठामा सात जना सुतेका थिए। जसमा तीन बालिका र दुई बालकको निसास्सिएर मृत्यु भएको अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीले जानकारी दिए ।

Sponsored

कोठामा अक्सिजनको अभावका कारण उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

दुई जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *