TodayPati

गोलबजारमा फेला पर्यो जकपुरबाट चोरी भएको बस

टुडेपाटी-
जनकपुरधाम, पुस २५ गते ।

जनकपुरबाट चोरी भएको बस सिरहाको गोलबजारमा फेला परेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बस गोलबजार नगरपालिका –७ मा पार्किंग गरेको अवस्थामा भेटिएको हो ।

सोबार जनकपुरको बस स्टेण्डमा पार्किंग गरिएको जकपुर भिठामोड चल्ने चल्ने ना ४ ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस चोरी भएको थियो । मंगलबार बस धनी महोत्तरीको पिपरा गाउँपालिका ३ का कालिन्द्र मिश्रले प्रहरीमा उजुरी दिएपछि खोजतलास सुरु गरिएको थियो ।

Sponsored

हिजो साँझ बस गोलबजारमा फेला परेको र त्यहाँसम्म कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *