TodayPati

रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, पुस १९ गते ।

रौतहटमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा
माधवनारायण नगरपालिका ३ का २२ वर्षीय चालक रंजितकुमार पंडित छन् ।

उनी आफैंले चलाइरहेको ना २त ८५०८ नम्बरको सो ट्रयाक्टरट्रयाक्टर गढीमाई नगरपालिका ६ धर्मपुरमा वाग्मती नदीको पुल नजिक भित्री सडक खण्डमा पल्टिएको थियो । मृतक ट्याक्टर साहु आफै हुन् ।

Sponsored

ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *