TodayPati

मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउछु : मुख्यमन्त्री यादव

टुडेपाटी-
जनकपुरधाम, पुस १८ गते।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन प्रतिवद्ध रहेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा उनले आफूले शपथ लिएसंगै प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको स्मरण गरे ।

‘अनियमितताबारे कुनै अनुसन्धान गर्ने बेलामा हाम्रो सय प्रतिशत सहयोग रहनेछ’, उनले भने ‘कुनै कुनै ठाउँमा गडबडी पनि भएको होला, छानबीन गरेर कारवाही गर्छौं ।’
आगामी आर्थिक बर्षमा स–साना योजना र उपभोक्ता समितिमार्फत योजना संचालन नगरिने जानकारीसमेत उनले जानकारी दिए ।

Sponsored

आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सामूहिक रुपमै सुशासन कायम हुनसक्ने बताउँदै सुशासनको पहिलो बिगुल संघ, प्रदेश र स्थानीय सरकारले फुक्नुपर्ने आवश्यकतामा जोड दिए ।

उपमेयरहरुको समस्याको सन्दर्भमा उनले भने, ‘अधिकारको व्यवस्था ऐनमै छ, लडेर लिनुपर्छ ।’

उपभोक्ता समितिमा ठूलो विकृति आएको चर्चा गर्दै उपभोक्ता समिति बिचौलियाका रुपमा देखिएको छ । घर बनाउने, ढलान गर्ने, पुल बनाउनेजस्ता काम कुन क्षमताका अनुसार उपभोक्ता समितिलाई दिइएको हो सोचिनुपर्दछ, उनले भने ।

Sponsored

प्रमुख आयुक्त राईले नीतिगत निर्णय सम्पूर्ण समुदायलाई समेटने खालको हुनुपर्ने बताउंदै यसलाई परिभाषित गर्न पनि संघ सरकारलाई भनेको स्पष्ट पारे ।
कानुनको ज्ञान ब्यूरोक्रेट्सलाई हुने गरेको र ब्युरोक्रेटले पनि नेताहरुलाई उकास्ने गरेको प्रवृत्तिप्रति उनले कटाक्ष गरे ।

सो अवसरमा अख्तियारका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वांग तथा अख्तियारकै सहसचिव लक्ष्मी प्रसाद उपाध्यायले भ्रष्टाचार नियन्त्रण तथा सुशासनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।। कार्यक्रममा प्रदेशका मन्त्रीहरु, स्थानीय निकायका प्रमुख, उपप्रमुख, सरकारी कर्मचारी, पत्रकारहरुको उपस्थिति थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउछु : मुख्यमन्त्री यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *