TodayPati

रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षक/कर्मचारी आन्दोलित

टुडेपाटी-
जनकपुरधाम, पुस १८ गते ।

तलबको माग गर्दै रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारी आन्दोलित भएका छन् । जनप्रतिनिधिबिच आपसी विवादका कारण गत साउनदेखि तलब पाउन नसकेका शिक्षक–कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।

उनीहरु बुधबारदेखि नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गरेका छन् । नगरक्षेत्र अन्तर्गतका प्रत्येक माविबाट ३ जना, निमाविबाट २ जना, प्राविबाट १ जना गरी पालैपालो धर्ना सुरु भएको हो । समस्या समाधान नभएसम्म पहिलो चरणको आन्दोलन स्वरूप दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म धर्ना जारिरहने दुधिअवाका शिक्षक रञ्जन खरेलले बताए ।

Sponsored

नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् ।

फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिबिचको विवाद चरम उत्कर्षमा पुगेको छ । तत्कालीन मेयर गोपाल राय यादव निलम्बित भएसँगै कार्यवाहक मेयर खातुन र अन्य जनप्रतिनिधिबिच विवाद उत्पन्न भएको हो । विवादकै कारण नगरसभा हुन नसकेकाले शिक्षक–कर्मचारीले तलब पाउन सकेका छैनन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *