TodayPati

मोटरसाइकलको ठक्करबाट एक जना प्रहरीको मृत्यु, दुई प्रहरी घाइते

टुडेपाटी-
जनकपुरधाम, पुस १८ गते ।

हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरीको मृत्यु भएको छ । अन्य दुईजना प्रहरी घाइते भएका छन् ।
मृत्यु हुनेमा प्रहरी जवान डडेलधुरा अलिताल गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय विनोद एडी छन् ।

ठक्करबाट गम्भीर घाइते भएका एडीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Sponsored

आज बिहानै हेटौँडा–नवलपुर सडक खण्ड अन्तर्गत थानाभर्याङ क्षेत्रमा हेटौँडाबाट नवलपुर जाँदै गरेको ना ४ प २२२ नम्बरको मोटरसाइकल फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरीको टोलीमाथि मोटरसाइकलले ठक्कर दिएको थियो ।

घाइते हुनेमा प्रहरी जवान नवराज सार्की र प्रहरी जवान विजय खत्री रहेका छन् । मृतक र घाइते तिनै जना बागमती प्रदेश प्रहरी
गणमा कार्यरत छन् ।

अर्का घाइते मोटरसाइकल चालक हेटौँडा ४ का ४१ वर्षीय गणेश लामालाई थप उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *