TodayPati

बालकुमारी घटनामा मारिएको दुबै युवकलाई सरकारले सहिद घोषणा गर्ने

टुडेपाटी-
जनकपुरधाम, पुस १६ गते ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा मारिएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । मृतकका परिवार र सरकारबिच भएको ४ बुँदे सहमतिमा दुई जनालाई सहिद घोषणा गर्ने सहमति भएको हो ।

बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा प्रहरीको अत्यधिक बल प्रयोगबाट दुबैजनाको मृत्यु भएको थियो ।

Sponsored

जसअनुसार मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणा गर्न आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमतिको तेस्रो बुँदामा उल्लेख छ ।

सो घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरिसकेको छ भने मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *