TodayPati

आजदेखि अंग्रेजी नव वर्ष सन् २०२४ शुरु

टुडेपाटी-
जनकपुरधाम, पुस १६ गते ।

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । इस्वी संवतको नव वर्ष २०२४ को अवसरमा नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

Sponsored

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । इस्वी संवतका नव वर्षको अवसरमा पछिल्लो समय वनभोज जाने प्रचलन बढेको छ ।

आज मधेश प्रदेशको चर्चित पर्यटकीय स्थल धनुषाको मिथिला नगरपालिकाको पोखरिया, सिरहाको बाबा ताल र उत्तराहिनी कमला नदी, सर्लाहीको भरतताल, नुनथर लगायतमा बनभोज जाने तथा रमाइलो गर्ने गर्दछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *