महोत्तरीमा ४० हजार गाँजाको बोट प्रहरीले गरे नष्ट
टुडेपाटी-
जनकपुरधाम, पुस १२ गते ।
महोत्तरी प्रहरीले ४० कठाको अवैध गाँजा खेती नष्ट गरेको छ । एकडारा पालिका–५ बहेरामा दुई विघामा लगाइएको अवैध गाँजा खेती बिहीबार प्रहरीले नष्ट गरेको हो ।
दुई विघा जग्गामा लगाइएको अन्दाजी ४० हजार गाँजाको बोट फडानी गरी स्थानीय भरभलादमीको उपस्थितिमा नष्ट गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले गिरीले जानकारी दिए । गाँजा खेती कसकसले गरेको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताए ।