TodayPati

सिरहा जिल्ला अदालतमै पीडितलाई कुटपिट गर्ने मिटरब्याजी निरौला पक्राउ, जाहेरी दर्ता

टुडेपाटी-
जनकपुरधाम, पुस १२ गते ।

पीडितलाई सिरहा जिल्ला अदालतमै कुटपिट गर्ने मिटरब्याजीलेविरुद्ध प्रहरीले जाहेरी दर्ता गरको छ । विष्णुपुर गाउँपालिका १ का मिटरब्याजी श्याम निरौलालेविरुद्ध जाहेरी दर्ता भएको हो ।

निरौलामाथि पीडित ककुलतीदेवी यादवले दिएको ‘अपमानजनक अमानवीय सम्बन्धी कसुर’ शीर्षकमा जाहेरी दर्ता गरिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बु जानकारी दिए । कुटपिट गरेपछि उनलाई हिजो अदालतबाटै नियन्त्रणमा लिएर मेडिकल गरी हिरासतमा राखेको एसवी लिम्बुले बताए ।

Sponsored

बुधबार उनले सिरहा जिल्ला अदालतमा रौदी यादव र सुकुमारी साहलाई कुटपिट गरेको थियो । जाहेरी दर्ता नगर्न नमानेपछि मिटरब्याजी पीडितहरु रातभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना बसेका थिए । आज बिहानै ७ बजे प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितहरु धर्ना स्थगित गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *