TodayPati

टुडेपाटी-
महोत्तरी, पुस १२ गते ।

महोत्तरीको गौशालामा घास काट्न गएकी एक महिला बलात्कृत भएकी छिन् । गौशाला नगरपालिका वडा नं. १ रामनगर घर भएकी एक ३५ बर्षिया महिलामाथि बलात्कार भएको हो ।

ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिवार रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी स्थानिय ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको हो ।पिडित महिलाका परिवारले ईलाका प्रहरी कार्यालयमा घटनाको सम्बन्धमा उजुरी दिएपछि सो घटना बाहिरिएको हो ।

घटनापश्चात आरोपित यादव फरार रहेकोले उनको खोजविन भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिए । यता प्रहरीले घटनाको सम्बन्धमा सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *